श्रृंखला मिस वर्ल्ड–२०१८’ को फाइनलमा प्रवेश

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी ‘मिस वर्ल्ड–२०१८’ को मल्टिमिडिया विधामा अवार्ड आफ्नो पोल्टामा पार्न सफल बनेकी छन् । मेक्सिको र केन्याका सुन्दरीलाई पछाडी पार्दै मिस वर्ल्डको आधिकारीक फेसबुक पेजमार्फत श्रृंखला खतिवडाले ‘मल्टिमिडिया’ विद्यामा उपाधी हात पार्न सफल भएकी जानकारी गराइएको छ ।

‘मल्टिमिडिया अवार्ड’ पाएसँगै श्रृंखलाले मिस वर्ल्ड–२०१८ को फाइनल अन्तिम ३० मा प्रवेश गरेकी छन् । अडियन्सको सहभागीता, प्रभाव र विषयवस्तुको सिर्जनात्मकताको आधारमा यो अवार्ड दिइने गरिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.