राजदूत शेर्पाबारे छानविन गर्न कांग्रेसको माग

काठमााडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानविन गर्न सरकार समक्ष माग गरेको छ ।

मानव तस्करीमा संलग्न रहेको आरोप लागेका राजदुत शेर्पाका गतिवधिबारे विगत एक सातादेखि प्रश्न उठे पनि सरकार मौन रहेको भन्दै तत्काल आवश्यक अनुसन्धान थाल्न कांग्रेसले आग्रह गरेको हो ।

काँग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्ती जारी गर्दै सिंगो राष्ट्रकै प्रतिनिधित्व गर्ने पदबारे उठेको प्रश्न उपर छानविन गर्न माग गरेको छ ।

उनी दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । हेर्नुहाेस् विज्ञप्तीसहित ..

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.