नेयमारको रोजाईमा रोनाल्डोभन्दा मेसी माथि

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् ।

ब्राजिलका २६ वर्षीय नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्नुअघि बार्सिलोनामा सफल समय बिताएका थिए । उनले त्यसक्रममा मेसीसँग लामो समय सँगै खेले । उनले रोनाल्डोविरुद्ध पनि एल क्लासिकोमा पटक-पटक खेल थिए । पछिल्लो एक दशक विश्व फुटबलमा एकछत्र राज जमाएका मेसी र रोनाल्डोबीच उनले मेसीलाई रोजेका हुन् ।

नेयमारले आफ्नो यूट्युब च्यानलमा भएको अन्तर्वार्ताका क्रममा मेसी र रोनाल्डोमा कसलाई रोज्ने विषयमा दुवै खेलाडीमाथि आफ्नो अभिव्यक्तिसहित मेसीलाई रोजेका हुन् । उनका अनुसार मेसीसँग रोनाल्डोभन्दा मेसीसँग एक सफल खेलाडी बन्न चाहिने धेरै पक्षमा दक्षता छ ।

‘रोनाल्डोले करिअरको सुरुवातमा विंगरको भूमिका निभाए । त्यसपछि स्ट्राइकर भएका उनले अहिले आफूलाई गोलकर्ताका रुपमा स्थापित गरेका छन् । उनले खेलाडीलाई छलाउने र बल लिएर खेल्नेभन्दा पनि वन टच पास खेल्दै सकेसम्म पेनाल्टी क्षेत्रभित्र बसेर गोल हान्ने रणनीति लिएका छन्,’ नेयमारले रोनाल्डोबारे भने ।

मेसीबारेमा बोल्दा भने नेयमारले आफूले सँगै खेल्दाको अनुभव संगाले । ‘मेसीसँग लगभग खेलमा चाहिने सबै पक्ष छ । गोल गर्ने अद्भुत क्षमता भएका उनले टोलीलाई आवश्यक पर्दा मिडफिल्डको तल्लो भागमा आएर पनि सहयोग गरिरहेका हुन्छन् । मैले सोच्न नसकेको ठाउँबाट पनि उनले गोलको मौका सिर्जना गर्ने क्षमता राख्छन् । त्यसैले मेसी नै उत्कृष्ट छन्,’ नेयमारले प्रष्ट पारे ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.