फोहोरबाट बनेको चिनो पर्यटकलाई

विवश कुलुङ
सल्लेरी, मंसिर २३ गते । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुले प्रयोग गरि फालेको धातुको पुनःप्रयोग गरि पर्यटकलाई नै सोलुखुम्बुको चिनो खरिद गराउने काम भईरहेको छ । सगरमाथा प्रर्दुशन नियन्त्रण समिति (एसपिसिसि) नाम्चेको पर्यटकिय क्षेत्र सरसफाई योजना अनुसार एसपिसिसिले सगरमाथा क्षेत्रको सफसफाईमा टेवा पु¥याउनको लागि यस्तो काम गर्दै आएको हो ।
एसपिसिसिले व्यापारिक प्रायोजनले नभई सगरमाथा क्षेत्रको फोहोर संकलन गरि वातावरणिय सरसफाई गर्ने उद्देयका साथ धातुको पुनः प्रयोग गरि चिनो बनाउने काम गरिरहेको एसपिसिसिका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो–‘विभिन्न वियरको बोतल, ग्यासको बोतल, जुस आदी टिन र फलामजन्य वस्तु पगालेर सोलुखुम्बुको चिनो बनाउछौ । बनाएको चिनोको लागत अनुसारको रकममा विभिन्न चिनो बनाई पर्यटकलाई नै बेच्छौ ।’ व्यापारिक प्रायोजन नभएको हुदा विना नाफा विक्री गर्ने गरेको उपाध्यक्ष शेर्पाले बताउनु भयो । विभिन्न टिन र फलामजन्य बस्तु पगालेर जोप्के, नेपालको नक्सा, हिमालको नक्सा, बुद्धको मुर्ति, गुम्बाको नक्सा, चावि झुड्याउने रिङ, नाम्चेको नक्सा, सगरमाथाको नक्सा आदी कुदाएर विक्री गर्ने गरेको शेर्पाले बताउनु भयो ।
पर्यटकिय सिजनमा दैनिक रुपमा सरदर ४ सय केजी फोहोर संकलन हुने गर्दछ । संकलित फोहोरमध्ये जल्ने र कुहिने फोहोरलाई नाम्चेमा ल्याई ईन्सिनेटरको प्रयोग गरि जलाउने गरेको एसपिसिसिले जनाएको छ । ईन्सिनेटरको प्रयोगबाट ९० प्रतिशत धुवा कम हुने एसपिसिसिले जनाएको छ । बाँकी धातुजन्य बस्तुलाई पगालेर पुनःप्रयोगमा ल्याई विभिन्न पर्यटकिय क्षेत्र झल्कने नक्सा तथा मुर्ति आदी बनाउने गरेको एसपिसिसिका उपाध्यक्ष्य शेर्पाले बताउनु भयो । यसरी यस्ता विभिन्न सामाग्रीको निर्माण गर्दा सगरमाथा क्षेको सरसफाईमा महत्वपुर्ण टेवा पुगेको सगरमाथा प्रर्दुशन नियन्त्रण समिति नाम्चेले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!