मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सबै निकायको प्रयास जरुरी: परराष्ट्रमन्त्री ज्ञवाली

मंसिर २४, २०७५ काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयासको जरुरी रहेको बताउनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहे पनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने पनि स्पष्ट पार्नुभयो ।
अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पूर्व राजदूत शम्भुराम सिंखडाको पुस्तक ‘ह्यूमन राइट्सः ह्यूमन रङ्स’ नामक पुस्तकको सोमबार काठमाडौंमा बिमोचन गर्दै उहाँले नेपालले मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मसात गरिरहेको दाबी पनि गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले मानव अधिकारसँग सम्बन्धित संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न पनि आह्वान गर्नुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले विश्वमा विद्यमान गरिबी र आतंकवाद मानव अधिकारको प्रत्याभूति गराउन मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन् अन्तर्रा्ष्ट्रिय समूदायबीचको बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिनुभयो । त्यस अवसरमा उहाँले दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग स्रोतको अभाव रहेको पनि स्मरण गराउनुभयो । पुस्तकमा मानव अधिकारको प्रत्याभूति गराउन गरिएको अन्तर्रा्ष्ट्रिय प्रयास र त्यसका व्यवधानका विषयमा चर्चा गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको मानव अधिकारको संरक्षणका लागि सो पुस्तक उपयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!