बर्षकै अन्तिम कार्यक्रम : नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठान

गौतम सागर राई /हाल कोलोराडो अमेरीका । नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानले अमेरीकामा आइतबार दशौं भागको कार्यक्रम सम्पन्न गरेको छ । साहित्य संगीत सुन्ने र सुनाउने सृङ्खलाको दशौं भाग अमेरीकाको कोलोराडोमा सम्पन्न गरेको हो । नेपाली भाषा र साहित्य संगै संगीतलाई जोडने उदेश्यका साथ प्रत्येक महिनाको दोश्रो आईतवार उक्त कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
साहित्य र संगीत जोड्ने अभियान सँगै कार्यक्रममा स्वर सम्राट नारायण गोपालको २९ औं पुण्य तिथीको स्मरण गर्दै “यो मुटुलाई कसरि” बोलको गीत गायक वसन्त लम्सालले गाउनुभयो । स्वर सम्राट प्रतिश्रदान्जली अर्पण गर्दै सहपाठी कवि रमेश क्षितिजले “ परेलीको बर्षातले छाति भित्र पैरो गयो” भन्ने गीत प्रस्तुत गर्नु भयो । त्यस्तै गरि गायक गौतम सागर राईले पनि भर्खरै सार्वजानिक भएकोे पूर्वेली लोक गीत गाउनु भयो ।
त्यसै गरि सर्जगहरु सरोज भुसाल ,बिभीषिका अधिकारी ,ज्ञानेन्द्र काफ्ले, कृष्ण कुमार घिमिरे, सिता सापकोटा तिवारी ,सेनु प्रसाद तिवारी, भूपेन्द्र महत ,पारस लम्साल ,बुद्दीप्रसाद लामिछाने ,धन पौड्याल र लाल प्रसाद चौलागाइँ लगायतले आफ्नो रचना बाँचन गर्नु भएको थियो । बर्षको अन्तिम कार्यक्रम भएकाले यस पल्टको कार्यक्रममा भने गीत तथा कविताको मीठो सङ्गम पनि रहेको थियो ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!