खुम्बुमा पर्यटकसँग अवैध असुली

 

पर्यटकबाट पैसा असुल्न खुम्बुक्षेत्रको बाटोमा निर्माण गरिएको बुथ 

कुम्भराज राई
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउ“पालिका क्षेत्रभित्र पर्यटकस“ग कोठा भाडा बापत्को रकम भन्दै अवैध रकम असुल्ने गरिएको छ । एक जना विदेशी पर्यटक बापत् ५ सयको दरले अवैध रकम असुली गर्ने गरिएको हो ।
खुम्बु होटल एशोसिएसनको नाममा रसिद काट्दै अवैध असुली गर्न थालिएको एक महिना भन्दा बढी भएको छ । होटलमा बसे बापत्को रकम भन्दा बाटोमा ‘बुथ’ बनाएर छुट्टै शुल्क उठाउने गरिएको छ । आधिकारिक रुपमा दर्ता नभएको संस्था खुम्बु होटल एशोसिएसनले प्रशासन र स्थानीय तहको अनुमति बिना रकम असुली गरेपनि उनीहरुमाथि कुनै कारबाही भएको छैन ।
उनीहरुले रकम असुली गर्नका लागि नाम्चे भन्दा माथिका क्षेत्रहरुमा बाटोबाटोमा बुथ बनाएर बसेका छन् । कतिपय स्थानमा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गामा बुथ बनाइएका छन् । फु“गीटा“गा, सोमारे, फेरिचे, लबुचे, दिङबोचे र गोरक्सेपमा बाटोमै बसेर उनीहरुले पर्यटकबाट पैसा असुल्ने गरेको एक पर्यटन कम्पनीका पथप्रदर्शकले बताए ।

दिङबोचेमा केही दिन अघि पर्यटकसग काटिएको रसिद

‘शसस्त्र द्वन्द्धको बेला माओवादीले चन्दा उठाए जसरी शुल्क उठाईरहेका छन् ।’ उनले भने, ‘नदिनेलाई थर्काइ थर्काइ मागिन्छ । एउटै रुटमा पा“च ठाउ“ सम्म शुल्क बुझाउ“दा एउटा विदेशी पर्यटकले २ हजार ५ सय सम्म तिर्नुपर्छ ।’
शुल्क उठाइएको रसिदमा ‘खुम्बु होटल एशोसिएसन’ लेखिएपनि खुम्बुक्षेत्रका होटलहरुको छाता संगठनको रुपमा नरहेको होटल व्यवसायी बताउ“छन् । संस्थाको आधिकारिक व्यक्ति को हो भन्ने कुरालाई गोप्य राखिएको उनीहरुले बताए । केही युवाहरुलाई परिचालित गरि पैसा उठाउने गरिएको छ । जुन ठाउ“मा पुग्यो त्यही“का होटल एशोसिएनको शाखाका लागि भन्दै पैसा उठाउने गरिएको हो ।
उठाइएको रकममध्येबाट त्यसक्षेत्रका होटलले ३० प्रतिशत पाउने र बा“की एशोसिएसनले लिने भन्ने शुरुमा सहमति भएपनि कार्यान्वयनमा नआएपछि केही होटल व्यवसायी रुष्ट बनेका छन् । ‘यसले उल्टै हामीलाई बदनाम बनाएको छ ।’ एक होटल व्यवसायीले नाम गोप्य राख्न अनुरोध गर्दै भने, ‘पर्यटक तर्सिएर झन नआउने अवस्था सिर्जना भईसक्यो ।’
जिल्ला प्रशासन कार्यालयले अवैध असुलीको बारेमा सुन्ने बित्तिकै गाउ“पालिकालाई निर्देशन दि“दै त्यस्ता काम रोक्न भनेको छ । गत कात्तिक २५ मै पत्राचार गरि त्यस्तो पाइएमा दोषीलाई पक्राउ गरि कारबाही गर्न निर्देशन दिइएको थियो । तर उक्त निर्देशन कार्यान्वयन भएको छैन । गाउ“पालिका प्रमूख निमदोर्जी शेर्पास“ग शनिबार टेलिफोन सम्पर्क हुन सकेन । उपप्रमूख टसील्हामु शेर्पास“ग कुरा गर्दा उनले यस विषयमा एकपटक सुनेपनि विस्तृत जानकारी नभएको बताइन् ।

जिल्ला प्रशासन सोलुखुम्बुको परिपत्र
‘एकपटक मिडियामै मैले यो कुरा थाहा पाएको हु“ ।’ उनले भनिन्, ‘अहिले के भईरहेको रहेछ म बुझेर जानकारी गराउ“ला ।’ उनले आफू काम विशेषले राजधानी आएकोले सबै जानकारी नभएको बताइन् । गाउपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसन्त भट्टराईले यस विषयमा गुनासो आएपछि प्रशासनले समेत परिपत्र गरेको र गाउ“पालिकाले सबै वडा मार्फत जानकारी गराएपछि रोकिएको बताए ।
‘सबैतिर रोकिएको थियो भन्ने हामीले बुझेका हौ“ ।’ उनले भने, ‘अहिले फेरी शुरु भएको रहेछ भने हामी फेरी कडाईका साथ रोक्नका लागि पहल गर्छौ“ ।’ सोलुखुम्बुका प्रमूख जिल्ला अधिकारी नरेन्द्र रानामगरले भने प्रमाण सहित उजुरी परेमा अवैध रकम असुली गर्नेलाई पक्राउ गरि कारबाही गरिने बताए । ‘हामीले पहिले पनि पत्राचार गरेका छौ“ ।’ प्रजिअ रानाले भने, ‘अहिले पनि हामी कारबाहीका लागि कुनै कसुर बाकी राख्दैनौ“ ।’
सगरमाथा जाने मुल बाटो भएको खुम्बुक्षेत्रमा यस्तै विभिन्न घटनाहरुले गर्दा प्राय बदनाम हुने गरेको छ । खुम्बुक्षेत्र घुम्नका लागि पर्यटकहरु उत्साहित भएपनि यस्ता घटनाले असर गर्ने गरेको पर्यटन व्यवसायी बताउ“छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!