‘गुगलमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो किन आउँछ ?’

मंसिर २६, २०७५ – गुगलको सर्च अल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्ने प्रयासमा एक डेमोक्रेटिक सांसदले उक्त कम्पनीका सीईओलाई एक साधरण प्रश्न सोधिन्,‘यदि तपाईले तस्विरको तल ‘इडियट’ गुगल गर्नुभयो भने डोनाल्ड ट्रम्पको तस्विर आउँछ । त्यो कसरी हुन्छ ? सर्चले के गरेर त्यस्तो सम्भव हुन्छ ?’

गोप्यता र तथ्यांक संकलन सम्बन्धमा प्रविधि कम्पनीका प्रमुखहरुलाई अमेरिकी संसद कंग्रेसमा बोलाएर हाल भइरहेको सुनुवाईबीच क्यालिफोर्निया राज्यकी डेमोक्रेटिक पार्टीकी प्रतिनिधि जोई लोफग्रेनले आफ्नो प्रश्नलाई पुष्टि गर्नको लागि डाईसबाटै ‘इडियट’ सर्च गरिन् । नभन्दै तस्विरको सर्च परिणामका अधिकांश फोटो ट्रम्पको थियो ।

मंगलबार गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई अमेरिकी कंग्रेसको न्यायिक समिति अघि सुनुवाईका लागि उपस्थित थिए । प्रश्न सुनेपछि उनले कोठाभरि रहेका प्रविधि सम्बन्धमा आलोकाँचा सांसदहरुलाई अल्गोरिदमले कसरी लगभग २०० तत्वलाई आधार बनाएर सर्च परिणाम देखाउँछ भनेर व्याख्या गर्ने प्रयास गरे । उनले ती तत्वहरुमा महत्वपूर्ण कुरा उपयुक्ततता, लोकप्रियता, अरुले सर्च गर्दा धेरै प्रयोग गर्ने पदावालीको उल्लेख गर्दै यी कुराहरुले सबैभन्दा उपयुक्त परिणाम प्रदान गर्ने बताए ।

‘त्यसो भए प्रयोगकर्ताहरुलाई के देखाउ्ने भन्ने कुरा कुनै एकजनाले पर्दा पछाडि बसेर निर्धारण गर्दैन होइन त ? यो प्रयोगकर्ताहरु आफैंले गरेको सर्चले निर्धारण गर्छ ?’ जोफ्ग्रेनले ठट्टा गर्दै सोधे । गुगलका कर्मचारीहरुले राजनीतिक उदेश्यबाट प्रेरित भएर सर्चलाई प्रभावित गर्नेबारे रिपब्लिकनहरुले राखेको प्रश्नमा जोफ्ग्रेनले यो प्रतिक्रिया दिएका थिए ।

यो सुनुवाईका क्रम सांसदहरुमा इन्टरनेटले कसरी काम गर्छ भन्ने अत्यन्त कम जानकारी भएको देखिइरहेको थियो । त्यही भएर उनीहरुको प्रश्न गुगलका सर्चबारेमा नै बढी केन्द्रित भइरहेको थियो । एक प्रसंगमा टेक्ससका रिपब्लिकन प्रतिनिधि लामार स्मिथले पिचाईलाई उनले विगतमा कुनै समय सर्च परिणाम बदल्न निर्देशन दिएका थिए भनेर सोधे ? जवाफमा पिचाईले कुनै एक व्यक्ति अझ केही व्यक्तिहरुको एक समूहले सर्चलाई प्रभावित पार्न नसक्ने बताए ।

तर स्मिथले पिचाईको उक्त व्याख्यालाई स्वीकारेनन् र पुन प्रश्न गरे ,‘म तपाईको कुरा अस्वीकार गर्छु । मेरो विचारमा मानिसहरुले यो प्रक्रियालाई प्रभावित बनाउन सक्छ । यसको आधारमा मानवीय प्रक्रिया छ ।’ प्यानेलमा रहेका रिपब्लिकन सांसदहरु गुगलभित्रका केही मानिसहरुले राजनीतिक लाभको लागि सर्च परिणाम प्रभावित पार्न सक्छन् भन्ने हल्लाबाट मुक्त हुन सकेका थिएनन् ।

ओहायोका रिपब्लिकन प्रतिनिधि स्टिभ चबोटले यसैसम्बन्धी एउटा कुरा सोधे । उनले आफूले गुगलमा रिपब्लिकन हेल्थकेयर विल खोज्दा अथवा आफ्नो पार्टीको कर कटौतीबारे खोज्दा सुरुमा आउने कयैंनहरु पेज नकारात्मक हुने गरेको गुनासो गरे ।

‘तपाईको कम्पनीले कन्जरभेटिभ धारणा र नीतिबिरुद्ध लिएको यो सरासर पूर्वाग्रहलाई के भन्नुहुन्छ ? के यो अल्गोरिदमले मात्र गरेको हो अथवा त्यहाँ भित्र अरु पनि खेल पनि हुन्छ ?’ चबोटले सोधे ।

‘नकारात्मक समाचार देख्दा देख्दाको तपाईहरुमा निराशा आएको म बुझ्न सक्छु,’ पिचाईले उनको जवाफ दिँदैं भने, ‘हाम्रोमा जे हुन्छ केही निश्चित नियम अन्तर्गत रहेर हुन्छ । यथार्थलाई वस्तुपरक रुपमा राख्दा हामीहरुलाई नै फाइदा हुन्छ । म तपाईहरु सामु प्रतिबद्धता व्यक्त गर्छुकि हाम्रो कम्पनीमा जे हुन्छ तिनको राजनीतिक विचारधारासँग कुनै लिनुदिनु हुन्न् । अल्गोरिदमको कुनै राजनीतिक झुकाव हुँदैन ।’

तर चबोट उनको कुरामा समत भएजस्तो देखिएनन् । पिचाईको कुरा सुनिसकेपछि उनले कन्जरभेटिभहरुमाझ गुगलले ‘राजनीतिक बहसमा जित्ने र हार्ने उमेद्वार चुन्ने गरेको’ विश्वास रहेको बताए । ‘यहाँ उपस्थित धेरैले मैले भनिरहेको कुरा अहिले भइरहेको विश्वास गर्छन्,’ चबोटले भने, ‘र म आफैंलाई पनि यो भइरहेको लाग्छ ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!