सिटिजन बैङ्कले काफ्लेचौरबाट कारोबार सुरु

सोलुखुम्बु, मंसिर २७ गते । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा सिजिन बैङ्कको शाखाबाट कारोबार सुरु भएको छ । सिटिजन शाखाले बुधबारबाट सेवासुरु गरेको हो ।
उक्त शाखा बैसाखमा नै स्थपना गरिएको भएपनि निर्माण तथा व्यवस्थापनको कामले कारोबार ढिलो भएको बैङले जनाएको छ । बैङ्क शाखा स्रोतका अनुसार शाखामा अहिले ईन्टरनेटको समस्या भएकोले कारोबारमा जटिलता देखिएकोले छ ।
पहिलो दिन ५ जनाले सेवा लिएको बैङ्कले जनाएको छ । प्रत्येक स्थानीय तहमा निजि या सरकारी बैक स्थापना गरि सेवा सहज बनाउने राष्ट्रबैंकको नीतिअनुसार बैंकको शाखा विस्तार गरि कारोबार सुरु भएको हो । यो संगै सोलुखुम्बुको स्थानीय तहमा बैंक स्थापना हुने गाउँपालिका तीन वटा बनेका छन् । जिल्लाको नेचा सल्यान र थुलुङ दुधकोशीमा बैङ्क सञ्चालनमा आइसकेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!