तल्लो रोकखोला सामुदायिक लघु जलविद्युत आयोजना सोताङको साधारण सभा सम्पन्न

पौष १,२०७५,सोलुखुम्बु। तल्लो रोकखोला सामुदायिक लघु जलविद्युत आयोजना सोताङ सोलुखुम्बुले शनिबार साधारण सभा सम्पन्न गरेको छ । वीरेन्द्र ज्योति माध्यमिक विद्यालय सोताङ गाउपालिका ५ को प्राङ्गणमा करिब ३ सय जना उपभोक्ताको उपस्थितिमा तेस्रो साधारण सभा सम्पन्न गरेको हो ।

आर्थिक बर्ष २०७४/७५ को आय ब्यय कार्यबाहकअध्यक्ष विजय नाछिरिङले प्रस्तुत गर्नुभयो । जसमा आय तर्फ ३९ लाख,३० हजार,३ सय ९ रुपैया र ब्यय तर्फ ३९ लाख,३० हजार,३ सय ९ रुपैया नेै रहेको छ । यस अघि पनि असार १८ गते उपभोक्ताको उपस्थिति न्युन रहेकाले साधारण सभा स्थगित गरिएको थियो ।

यसैविच, तल्लो रोकखोला सामुदायिक लघु जलविद्युत आयोजनाले दोस्रो नयाँ कार्यसमिति पनि चयन गरेको छ । लामो समयको छलफल तथा बन्दसत्र पश्चात विजय कुमार नाछिरिङको अध्यक्षतामा ९ जना नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको हो । उपाध्यक्ष चक्र बहादुर बस्नेत, सचिव मानविर राई, कोषाध्यक्षमा प्रकाश कार्कि चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरु जिवन कोइराला,टेक बहादुर नाछिरिङ, अञ्जु नाछिरिङ, उपेन्द्र नाछिरिङ, थिर बहादुर नेपाली चयन हुनुभएको छ ।

 

प्रमुख अतिथि जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख विरकुमार राईले पुनर्गठीत पदाधिकारिलाई कार्य सफलताको शुभकामना दिदै नयाँ कार्य समितिले आउदो दिनमा चुस्त, दुरुस्त काम गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । त्यस्तै उपभोक्ताले बत्ति खपतमा ध्यान दिनुपर्ने कुरा प्रस्ट्याउदै विधुत समिति मध्यस्थता कर्ता भएकाले राम्रो कामको प्रसंसा र नराम्रो कामको खवरदारि गर्ने बानिको विकाश गर्नुपर्ने समेत धारणा राख्नुभयो ।

विशिष्ट अतिथि सोताङ गाउपालिकाका अध्यक्ष वीर बहादुर राईले गरिबिको रेखामुनि रहेका गाउपालिकाबासिलाई बत्ति जडान गर्न सोताङ गाउपालिकाले केहि रकम छुट्याएको वताउनुभयो । एकल महिला तथा अशक्त अपाङ्गका लागि ५० प्रतिसत गाउपालिकाले बेहोर्ने पनि उहाँले उल्लेख गर्नुभयो । सोताङका उपभोक्ताको लागि सोताङ गाउपालिका र जलविद्युत आयोजनाले समन्वय गरि सोताङ गाउपालिकाको प्रत्येक घर बत्तिमय बनाउन प्रतिबद्ध रहेका छौ उहाले भन्नुभयो । सो कार्यक्रममा सोताङ गाउपालिका उपाध्यक्ष लक्ष्मी कार्कि बस्नेत, वडाध्यक्षहरु लगायत सरोकारवाला सम्पूर्णको उपस्थिति रहेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!