सगरमाथा क्षेत्रमा इतिहासकै धेरै पर्यटक

विवश कुलुङ सल्लेरी, पौष ७ गते । सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्रको ईतिहास मै चालु आर्थिक वर्षको पाँचमहिना अवधीमा सबैभन्दा धेरै पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्म ३० हजार बढिले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

अहिलेसम्मको वार्षिक तथ्याङकअनुसार २० वर्षको अवधीमा प्रतिवर्ष अधिकतम ४० हजारको हाराहारीमा पर्यटकले भ्रमण गरेका देखिन्छ । तर चालु आर्थिक वर्षको पाँच महिना अवधीमा नै ३० हजारले भ्रमण गरेकाले यसवर्ष सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सँख्या दोव्वरले बढ्ने पर्यटन व्यवशायीहरु बताउछन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी रविन चौधरीका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा चार सय २६ जना, भदौ महिनामा एक हजार १४८ जना, असोज महिनामा ११ हजार ४०९ जना, कातिक महिनामा १२ हजार नौ सय ८३ जना र मंसिर महिनामा ४ हजार ९८ जना गरि पाँच महिनान ३० हजार ६४ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

सगरमाथा क्षेत्र साहसिक पर्यटन तथा प्रकृतिक सुन्दरताको एक उत्कृष्ट गन्तव्यको रुपमा लिने पर्यटकहरुको आगमन हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । सगरमाथा क्षेत्रमा  हिम चितुवा, रेडपाण्डा, कस्तुरी लगायतका लोपोन्मुख जनावरहरु रहेको छ भने विभिन्न गुम्वा, हिमालहरु, हिमनदी, हिमतालको अवलोकनभ्रमणमा पर्यटहरु आउने गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!