क्यान्सर रोगीलाई पुर्वेली ठिटाठिटी ग्रुपद्धारा आर्थिक सहयोग

पुस ७, २०७५। ‘पुर्वेली ठिटाठिटी’ ग्रुपका सदस्यहरूले क्यान्सर रोगबाट पीडित विरामिलाई आर्थिक सहयोग गरेका छन् । झापा, भद्रपुर ४ स्थायी घर भएका आइतु हाङ्सुरुन्बा (राम कुमार) लाई फेसबुक पेज ‘पुर्वेली ठिटाठिटी’ ग्रुपका सदस्यहरूले ६२ हजार ७ सय ६८ रुपैया आर्थिक सहयोग गरेका हुन् । उनि बिगत १ वर्षदेखि सीए पेनिस क्यान्सर रोगबाट पीडित छन् ।

ग्रुपका एडमिन आशिष पाङ्गेहाङको बिशेष पहलमा सहयोग रकम संकलन गरी निजका भाई सतिस हाङ्सुरुम्बालाई शनिबार हस्तान्तरण गरिएको छ । उक्त अभियान संकलनमा लक्समश्री लिम्बु, शेअरा लिम्बु, तुलसी खड्का र बिपिन पाङ्गेहाङलगायतले बिभिन्न ठाउँमा रहेर सहयोग पुर्याएका छन् ।

बिरामीलाई सहयोग रकम हस्तान्तरण कार्यक्रममा एडमिन पाङ्गेहाङले विरामिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो । यस अघि आर्थिक अवस्था कमजोर भएका आइतु हाङ्सुरुले बिभिन्न संघसंस्थालाई सहयोगको लागि अपिल गर्नु भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!