निकुञ्जको राजश्व आठ करोड बढि

सोलुखुम्बु, पुस ९ गते । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोुलुखुम्बुले ८ करोड वढि राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पाँच महिनाअवधीमा करोडौ राजश्व संकलन गर्न सफल भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सुचना अधिकारी रबिन चौधरीले बताउनु भयो ।

साउनदेखि मंसिरसम्मको तथ्याङ्क अनुसार विभिन्न शीर्षकमा ८ करोड १३ लाख ५० हजार ७ सय ६८ रुयैया राजश्व सँकलन गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, नाम्चेले जनाएको छ । कार्यालयका अनुसार साउनमा १९ लाख २७ हजार ७ सय ७९ रुपैया, भदौमा ३० लाख ५९ हजार ८ सय ५४ रुपैया संकलन गरेको छ । त्यस्तै असोजमा दुई करोड ७४ लाख ५ सय ६२, कातिकमा तीन करोड ८४ लाख १० हजार ७ सय ३२ रुपैया र मंसिर महिनामा एक करोड ५ लाख ५१ हजार ८ सय ४१ रुपैया राजश्व संकलन गरेको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर अवतरण शुल्क, बालुवा, ढुङ्गा, मालिङगो पुर्जी, होटल लज भाडा, जग्गा भाडा, लगायत शीर्षकमा राजश्व संकलन गर्ने गरेको छ । यस वाहेक सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क क्षेत्र बाहेकका विदेशी पर्यटक प्रवेश शुल्कबापत प्रति पर्यटक ३ हजार, सार्क क्षेत्रका पर्यटकबाट एक हजार ५ सय र पर्यटक भरियाबाट प्रतिव्यक्ति २५ रुपैयां प्रवेश शुल्क लिने गरेको छ ।
यस वर्षको पर्यटक सिजन सकिएसँगै खुम्बु घुम्न आएका पर्यटकहरु आफ्नो देश फर्किएका छन् । अक्टोबर सिजन भन्नाले सेप्टेम्बर देखि नोभेम्बर सम्म भन्ने बुझिएपनि खुम्बुमा भदौको शुरुवातदेखि मंसिर अन्त्यसम्म पर्यटकहरु आउने गर्छन् । विभिन्न देशबाट हिमाली सुन्दरतालाई नजिकबाट हेर्न तथा साहसिक पदमार्गको यात्रा गर्न आएका उनिहरु लगभग फर्किसकेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

पर्यटकहरु फर्किएपछि सिजनमा चापाचाप भएको नाम्चे, फेरुचे, दिङबोचे, पाङबोचे, लबुचे, छ्युुकुङ, सगरमाथाको आधार शिबिर, गोक्यो लगायतका क्षेत्र सुनसान जस्तै बनेको त्यहाका होटल तथा पर्यटन व्यवसायीहरुले बताएका छन् । नाम्चे भन्दा माथिल्लो क्षेत्रका बस्तिहरु लगभग खाली भएको लबुचेका व्यवसायी ङिमा शेर्पाले बताउनुभयो ।
पर्यटकहरु फर्किएसँगै खुम्बुका होटल तथा पर्यटन व्यवसायी चिसो छल्न अन्यत्र गएका र भरियाहरु समेत फर्किएकोले नाम्चे, खुम्जुङ लगायत माथिल्लो क्षेत्र सुनसान जस्तै बनेको छ । यसबेला खुम्बुका व्यवसायहरु चिसो छल्न राजधानी लगायतका बिभिन्न सहरमा जान्छन् भने केही विदेश भ्रमण र केही भारतको बोधगया लगायत विभिन्न तिर्थधाम समेत जाने गरेका छन् । अब खुम्बुमा फागुनको अन्तिमबाट मात्र चहलपहल शुरु हुन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!