गाउँपालिकाको गाडि किन्ने पैसा डाक्टर पढ्नेलाई छात्रबृति

सोलुखुम्बु, पुस १२ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गाडी किन्ने बजेट रकमान्तर गरि एमबिबिएस र फार्मेसी पढ्ने विद्यार्थीहरुलाई छात्रवृति दिने भएको छ । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले महाकुलुङ १ का रोशन कुलुङलाई एमबिबिएस अध्ययनका लागि चार लाख रुपैया र महाकुलुङ २ की एकता कुलुङलाई एक लाख दिने निर्णय गरेको गाउपालिका अध्यक्ष सागर किरातीले बताउनु भयो । विपन्न परिवारमा जन्मिएका रोशन कुलुङको डाक्टर बन्ने सपना पुरा गर्नका लागि छात्रवृत्ति दिइन लागेको अध्यक्ष सागर किरातीले बताउनुभयो । यस्तै फार्मेसी डिप्लोमाका लागि महाकुलुङ २ की एकता कुलुङलाई पनि सहयोग स्वरुप छाज्ञबृति दिने निर्णय गरिएको गाउपालिकाले जनाएको छ ।

गाउँपालिकाले गाडी खरिदका लागि छुट्याएको ६२ लाख बजेट रकमान्तर गरी छात्रवृत्ति खर्च गर्ने भएको हो । देशै भरी स्थानीय तहले गाडी खरीदमा अत्याधिक रकम खर्च गरेको जनगुनासो आइरहेका बेला महाकुलुङ गाउँपालिकाले गाडी खरीद गर्न छुट्याएको रकम अन्य काममा खर्च गर्ने निर्णय गर्दा महाकुलुङ गाउँपालिकाका स्थानीयहरु खुशी भएकाछन् भने अध्ययन कै लागि उच्च शिक्षामा आर्थिक जटिलता झेल्नुपरेका विद्यार्थीलाई सहयोग मिलेको छ ।
त्थस्तै गाडी किन्ने बजेट रकमान्तर गर्दै विद्यालय सुधार योजना निर्माण र शिक्षा शाखा व्यवस्थापन निर्माण लागि ४ लाख, पात्ले तोस्खम सिँचाईका लागि ५ लाख, विद्युत ट्रान्समिटर खरिदका लागि ३ लाख, सगरमाथा मा.वि. बुङको खानेपानी फिल्टरका लागि ३ लाख, महाकुलुङ ४ तुमाउ स्वास्थ्य चौकी फर्निचर व्यवस्थापनका लागि ४ लाख विनियोजन गर्ने निर्णय गरेको छ । महाकुलुङ ५ गुदेल स्वास्थ्य चौकीका लागि ४ लाख, गाउँपालिकाको पाश्र्व चित्र निर्माणका लागि ८ लाख, सुर्के खोला लघुजलविद्युत आयोजनाका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै कार्यपालिकाको बैठकले कुलुङहरुको महान चाड चाक्चाकुरको अवसरमा तीनदिन स्थानीय विदा दिने निर्णपनि गरेको छ । पुस १५, १६ र १७ गते स्थानीय विदा दिने निर्णय गरेको हो ।

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!