चाक्चाकुरको शुभकामना–मुख्यमन्त्री राई

सोलुखुम्बु पुस १५ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कुलुङहरुको चाड चाक्चाकुरको को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका कुलुङ सामुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।


कुलुङ जातिको यो चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । चाडले धर्म संस्कति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने विस्वास्त रहेको शुभकामना सन्देश मार्फत बताउनु भएको छ ।
बहुजातिय, बहुभाषिक, बहुसंस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पवैहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकको रुपमा चाक्चाकुरलाई आफुेले लिएको बताउनु भएको छ ।
चाक्चाकुरले प्रदेशको विकास र समृद्धिको दिशामा अगाडी वढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै मिनारीदाचाम, चासुम्लो निङदोङ २०७५ तथा ५०७९को शुभकामना शन्देश दिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!