उच्च हिमाली क्षेत्र खुम्जुङमा पहिलो पटक एटिएम

सोलुखुम्बु, पुस १५ गते । खसोलुखुम्बुको ुम्बुपासाङल्हमु गाउँपालिका ४ खुम्जुङवाट पहिलो पटक एटिएम सेवा सुरु भएको छ । तीन हजार ७९० मिटरको उचाईमा रहेको खुम्जुङमा सिदार्थ बैँकले एटिएम सेवा उपलब्ध गराउने भएको हो ।

नाम्चेबजार भन्दा माथि बैंकिङ प्रणाली पहिलो पटक स्थापना गर्न लागिएको हो । शनिबार स्याङबोचे विमानस्थलमा पु¥याईएको एटिएम मेसिनलाई खुम्जुङसम्म स्थानीय यूवाहरुको पहलमा लैजाने तयारी गरिएको वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो–‘वडा कार्यालयको पहलमा एटिएम सेवा शुरु हुन लागेकाले सुरक्षा र व्यवस्थापनको जिम्मा पनि वडाकै हुनेछ ।’ एटिएम मेसिन बैँकका कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले वडाअध्यक्ष लक्ष्मण अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
एटिएम मेसिन संचालनमा आएपछि माथिल्लो क्षेत्र खुम्जुङ, खुन्दे, फोर्चे, दोले, गोक्यो, ठाङनाक लगायतका वस्तिमा स्थानीयलाई पैसा निकाल्नका लागि नाम्चेबजारसम्म धाउनुपर्ने बाध्यता हट्नेछ । ‘विजुलीको व्यवस्थापन पनि भईसकेकाले मेसिन खुम्जुङ पु¥याउनासाथ संचालनमा ल्याईनेछ ।’
एटिएम सेवाले खुम्बु घुम्ने क्रममा पैसा सकिए पर्यटक र गाइडले आफ्नो खातामा रहेको आवश्यक पैसा झिक्न सक्नेछन् । वडाअध्यक्ष अधिकारीले उच्च हिमाली क्षेत्रको भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै फोर्चे र पाङबोचेमा शाखारहित बैंक सेवा स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!