उपाधि होडमा रहेका सिटी र लिभरपुल खेल्दै

इंग्लिस प्रिमियर लिगमा आज राति उपाधिको होडमा रहेका दुई क्लब म्यानचेस्टर सिटी र लिभरपुल आमनेसामने हुँदैछन् ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने दुई बजे हुनेछ । स्टार खेलाडीको भिडन्तका रुपमा रहेको यो खेलले यसपटकको प्रिमियर लिगको उपाधिको नक्सा केही हदसम्म क्लियर पार्न सक्नेछ यदि खेलमा स्पष्ट नतिजा भएको खण्डमा ।

२९ वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको आतिथ्य गर्न आतुर रहेको सिटीका प्रशिक्षक पेप ग्वार्डिआलाले उच्च फर्म रहेको क्लब लिभरपुलमा जति दबाब छ त्यति नै आफूमा रहेको बताए । उनले यो खेल आफ्ना लागि निकै महत्वपूर्ण रहेको भन्दै लिभरपुलभन्दा सात अंकले पछि भएकाले यो दूरीलाई घटाउने राम्रो मौका हुने बताए । यसका साथै सबैको एउटै प्रश्न हारेमा के हुन्छ भन्ने प्रश्न रहेको छ । त्यसमा उनी भन्छन्, ‘हामी आफ्नो उत्कृष्ट फुटबल खेल्नेछाैँ । अन्तिम समयसम्म पनि उपाधिका लागि नै खेल्नेछौँ ।’

यता लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले सिटीविरुद्धको खेल कठिन खेल हुने बताए । सिटी निकै बलियो टिम रहेको र प्रशिक्षक पनि उत्कृष्ट रहेको बताए ।
आजको खेलमा सिटीका इल्के गुन्डोगन एक खेल गुमाएर टिममा फर्किँदैछन् । यस्तै केभिन डी ब्रुइनले पनि टिमको प्रशिक्षणमा सहभागिता जनाएका थिए । फाबियन डेल्फा भने टिममा हुनेछैनन् । उनी प्रतिबन्धमा परेका छन् ।

यता लिभरपुलका मिडफिल्डर जेम्स मिल्नर चोटका कारण दुई खेलमा बाहिर हुँदा सिटीविरुद्ध मैदानमा फर्किनेछन् । यस्तै अल्बेर्टो मोरिनो पनि फिट भएका छन् भने जोर्डन हेन्र्डसन र बेवी केइटा पनि टिममा रहनेछन् ।

सिटीले गत सिजनमा लिभरपुललाई पाँच–शून्यले हराएको थियो । पछिल्ला ११ खेलमा सिटीले तीन बराबरी र सात खेलमा हार व्यहोरेको छ । यी दुई टिम अहिलेसम्म कुल १ सय ६४ पटक खेलका छन् । जसमा सिटीले ४३ खेलमा जितेको छ भने ७९ खेलमा हारेको छ । ४२ खेल बराबरी भएका छन् ।

इतिहास हेर्ने हो भने पनि लिभरपुल सिटीमाथि हावी रहेको छ । त्यसमा पनि लिभरपुलले अवे खेलमा ३१ खेल जितेको छ भने २९ खेल हारेको छ । यता सिटीले घरेलु मैदानमा २९ मा जित र ३१ मा हार व्यहोरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!