अष्ट्रेलिया र भारतका खेलाडी कालो पट्टी बाँधेर खेल्दै

पौष १९/एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट सिड्नीमा जारी छ । आज टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवात गरेको छ । तर सिड्नीमा अष्ट्रेलिया र भारतका दुबै खेलाडीलाई अलि फरक रुपमा देखियो ।

दुवै टोलीका खेलाडी कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् । दुबै टोलीले कालो पट्टी बाध्नुको फरक फरक कारण रहेको छ । पुर्व ब्याट्सम्यान बिल वाटसनको निधन भएको कारण शोक ब्यक्त गर्न कालो पट्टी बाधेर आफ्ना खेलाडी मैदान उत्रेको अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ ।

त्यस्तै भारतीय खेलाडीले पनि कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अनुसार सचिन तेन्दुलकरका प्रशिक्षक रमाकान्त आचरेकरको बुधबार भएको निधन प्रति शोक ब्यक्त गर्न कालो पट्टी बाधेका हुन् । आचरेकरले सचिन मात्र नभएर मुम्बईको क्रिकेट मैदानहरुमा थुप्रै क्रिकेटरलाई प्रशिक्षण दिएका थिए ।

चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । भारतले चौथो टेस्टमा जित वा ड्र गराए पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने छ । पराजित भए यस पटक पनि भारतको सपना अधुरै हुने छ । जुन इतिहास रच्न कप्तान विराट कोहली सहित अन्य खेलाडी आतुर देखिन्छन् । अहिले सम्म भारतसँग घरेलु मैदानमा टेस्ट सिरीज नगुमाएको अष्ट्रेलियाले आफ्नो ऐतिहासिक साख जोगाउन हर परयास गर्ने छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!