दीपेन्द्रको ‘घर’मा सुरक्षा 

डीएस डिजिटलको ब्यानरमा बन्न लागेको सिनेमा ‘घर’को लागि अभिनेत्री सुरक्षा पन्त फाईनल भएकी छिन् । अर्पण थापाको लेखन तथा निर्देशन रहने यस सिनेमाको मुख्य भूमिकामा अर्पण थापा पहिले नै फाईनल भईसकेका थिए ।

सुरक्षा घरमा अनुबन्धित भएसँगै निर्माता दीपेन्द्र के खनालको हिरोईनको रुपमा उनलाई हेर्न थालिएको छ । किनभने यस अघि पनि उनले दीपेन्द्रको निर्देशन रहेका धनपति र चंगाचेटमा काम गरिसकेकी छिन् ।

माघबाट फ्लोरमा जाने भनिएको सिनेमा घर पूर्णतया हरर कथामा आधारित हुने बताईएको छ । शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माण गर्ने यस सिनेमाका सह—निर्मातामा सन्तोष अधिकारी रहेका छन् । निर्मात्री शर्मिला पाण्डेले यस अघि पनि दीपेन्द्र के खनालसँग मिलेर सिनेमा ‘लभ लभ लभ’ र ‘चंगाचेट’ निर्माण गरिसकेकी छिन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!