‘एक घर एक धारा’ मा नेपाल हिल्पे कुलुङ

सल्लेरी, पुस २३ गते । सोलुखुम्बुको महाकुलुङमा सामाजिक काम गर्ने संस्थालाई गाउँपालिकाले हातेमालो गर्दे स्वागत गरेको छ । गाउँपालिकाको ‘एक घर एक धारा’ अभियानमा हातेमालो गर्ने नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’लाई महाकुलुङ गाउँपालिकाले स्वागत गरेको हो । संस्थाका दाता रोलेण्ड मात्ले सहित १० अष्ट्रिया नागरिक र दुई जर्मन नागरिकलाई गाउँपालिका अध्यक्ष सागर किराँतीले लगायतले स्वागत गर्नुभएको हो ।
नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’ले स्थानीय संस्था बुङ जनकल्याण केन्द्र मार्फत विविध कार्यक्रम संचालन गर्दै आएको छ । गाउँपालिकाले थालेको ‘एक घर एक धारा’ अभियानमा संस्थाले एक करोड ५० लाख रकम लगानीको वातावरण तयार पारेको र गाउँपाकिाले चालु आर्थिक बर्षमा ३५ लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष किराँतीले बताउनुभयो ।
अहिले ५ हजार भन्दा बढि जनसंख्यालाई सुरक्षित पानी पिलाउने योजनका साथ दोजोङबु पातल खानेपानी परियोजनाको काम भईरहको छ । खानेपानीको चरम समस्या झेल्दै आएका बुङका स्थानीयलाई सुरक्षित पिउनेपानी पिलाउने कार्यमा नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’ले हातेमालो गरेको हो । निर्माणाधिन खानेपानीको परियोजना सम्पन्न भएपछि साविकको बुङ गाविसका वडा नं १ देखि ६ सम्मका स्थानीयको घरघरमा धारा पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १२ हजार ५ सयको हाराहारीमा रहेको जनसंख्याको पहूँचमा शुद्ध खानेपानी पु¥याउने द्येयले ‘एक घर एक धारा’को अभियान शुरु गरेको अध्यक्ष किराँतीले बताउनुभयो–‘गाउँपालिका भरका स्थानीयको घरमा धारा पु¥याउनका लागि खानेपानी मन्त्रालय र विभागमा समेत सहयोग माग गरिएको छ ।’
नेपाल हिल्पे कुलुङ ‘अष्ट्रिया’ले भुवाखोला लघुजलविद्युत आयोजनाका लागि १४ लाख, सगरमागा माध्यमिक विद्यालयका लागि २२ लाख र एक घर एक शौचालय निर्माणका लागि यसअघि नै ४७ लाख खर्च गरिसकेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!