बार्सिलोना लेभान्टेसँग पराजित

पुस २७/बार्सिलोना स्पेनिस कोपा डेल रे को पहिलो लेगमा पराजित भएको छ । पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग दुई–एकले स्तब्ध भएको हो ।

खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म लेभान्टेले दुई–शून्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!