माहाकुलुङ गाउपालिकाले खेलाडीहरुलाई सम्मान गर्ने

सोलुखुम्बु, माघ ४ गते । सोलुखुम्बुको माहाकुलुङ गाउपालिकाले फुटबलमा उपविजेता बनेको खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । गाउँपालिकाको प्रतिनिधत्व गर्दै उपविजेता बन्न सफल खेलाडीहरुलाई जनही १० हजार सहित सम्मान गर्ने घोषणा गरेको छ ।
माप्यदुधकोशी गाउँपालिकाको बासाखाली माविको स्वर्ण महोत्शवमा आयोजित फुटबल प्रतियोगिताको उपविजेता बनेको टिमलाई नगद सहित सम्मान गर्ने भएको हो ।
गाउँपालिकाले आफ्नो गाउँपालिकाको प्रतिनिधित्व गर्ने १२ जना खेलाडि तथा अफिसियललाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरिएको माहाकुलुङ गाउपालिकाका अध्यक्ष सागर किरातिले जानकारी दिनुभयो । खेलाडीको हौसला बढाउन गाउँपालिका नगद सहित सम्मान गर्न लागेको बताउनुभयो ।
खेल क्षेत्रमा पनि सुधार गरि युवाहरुलाई उत्शाहित गर्दै हौसला बढाउन सम्मान गर्ने निर्णय लागिएको गाउँपालिकाले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!