फाइनलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । थाइल्याण्ड वुमन ट्वान्टी–२० स्म्यासमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली फाइनलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएको छ । १ सय २२ रनको लक्ष्य पछएको नेपाल १७ दशमलब २ ओभरमा ५१ रनमा अलआउट भयो ।

नेपालका लागि नेरी थापाले १७ तथा उपकप्तान सरिता रानामगरले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेन् । डली भट्ट, कबिता कुँवर, आरती बिडारी र इन्दु बर्मा खाता नै नखोली आउट हुँदा रोमा थापाले २, सरिता मगरले ५ ,कप्तान रुबिना क्षेत्रीले ५, करुणा भण्डारीले ४ रन बनाएकी थिइन् । ओपनर काजल श्रेष्ठ १ रनमा रनआउट हुँदा इन्दु बर्मा खाता नै नखोली एलबिडब्लुको शिकार भइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डका लागि नात्थन चाङथनले अविजित ६९ तथा नरुमल थाइवाइको २७ रनमा नेपालसामु १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित ओभरमा १ विकेटको क्षतिमा मात्र आयोजकले १ सय २१ रन बनाएको थियो । ओपनर चाङथनले सर्वाधिक ४ चौकाको मदतमा ६९ रन बनाउँदा थाइवाइ २७ रनमा पेभेलियन फर्किएकी थिइन् ।

उनलाई नेपालकी कप्तान रुविना क्षेत्रीले रनआउट गरेकी थिइन् । त्यसपछि क्रिजमा आएकी चनिडाले अबिजित १९ रन बनाइन् । नेपालका कुनै बलरले विकेट लिन सकेन । आयोजक थाइल्यान्डले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४९ रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गर्दा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएकोथियो ।

नेपालले समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो भने थाइल्यान्ड समूह ‘बी’को विजेता हो । प्रतियोगिताका पाँचै खेलमा विजयी नतिजा निकालेको नेपाल फाइनलमा पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा रहेपनि सफल हुन सकेन् । नेपालले समूहको पहिलो खेलमा चिनमाथि १० विकेटको नतिजा निकालेको थियो । पुष २९ गते दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको नेपाल तेस्रो खेलमा सोमबार युएईमाथि ६ विकेट र समुहको अन्तिम खेलमा आयोजक थाइल्याण्डको ए टोलीबिरुद्ध ९ विकेटले विजय भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!