पूजाले अब १५ लाखभन्दा कम पारिश्रमिक नलिने

फिल्म ‘प्रेमगीत’ मा अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिएपछि अभिनेत्री पूजा शर्माले नसोचेको सफलता हात पारिन् । त्यसअघि केही फिल्ममा काम गरे पनि उनी दर्शकमाझ ‘नोटिस’ हुन सकेकी थिइनन् । उक्त फिल्मले उनलाई चिनाएन मात्र नेपाली फिल्म क्षेत्रमा स्थापित पनि गर्‍यो ।

‘प्रेमगीत’ पछि उनले गरेका कुनै फिल्म बक्सअफिसमा असफल छैनन् । ‘म यस्तो गीत गाउँछु’ र यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ पनि बक्सअफिसमा खरै उत्रियो । ‘ब्याक टू ब्याक’ हिट फिल्मकी धनी पूजाको अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्दैछिन् । यसमा आकाश श्रेष्ठ र सोनम तोप्देन उनका हिरो छन् ।

निर्देशक सुदर्शन थापाको क्याम्पभन्दा बाहिर रहेर फिल्म गर्ने जोखिम उठाउन नसकेकी पूजाले ‘प्रेमगीत’ पछि पहिलो पहिलो बाहिरी ब्यानरको फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्न लागेकी हुन् । यसअघि सुदर्शन र पूजाले मिलेर फिल्म बनाउँदै आएका थिए । यो फिल्म निर्देशन गर्न सुदर्शनले ३५ लाख बढी पारिश्रमिक बुझेको चर्चा छ । आकाशले १० लाख र सोनमले साढे ८ लाख पारिश्रमिक बुझेका छन् । अभिनेत्री पूजाले भने दुई अभिनेताभन्दा बढी पारिश्रमिक हात पारेकी छन् । उनले १५ लाखमा फिल्म साइन गरेको एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् ।
आइतबार उक्त फिल्मको घोषणा सभामा पत्रकारले उनीमाथि पारिश्रमिकको विषयमा प्रश्न गरे- ‘अब १५ लाखभन्दा कम पारिश्रमिकमा काम नगर्ने हो वा राम्रो कथा भेटे कममा पनि गर्नुहुन्छ ?’ उनले जवाफमा भनिन्, ‘सीमित बजेट छ तर कथा राम्रो छ भने १५ लाखभन्दा कममा पनि गर्छु । नभए गर्दिनँ ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!