नेपाललाई चौथो सफलता

एईमा जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले चौथो सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता हात पारेका हुन् भने कप्तान पारस खड्काले चौथो सफलता हात पारेका हुन्।

सन्दीपले १९औं ओभरको चौथो बलमा युएईका गुलाम सहबरलाई १८ रनमा एलबिडब्लुको सिकार पार्दा कप्तान खड्काले २० औं ओभरको दोस्रो बलमा विकेट लिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामी र करन केसीले एक-एक विकेट लिएका थिए।

सोमपाल र करनले ८ ओभर भित्रै २ विकेट लिएर २ रन मात्र दिएका थिए।

त्यसपछि तेस्रो विकेटका लागि युएईका गुलाम सहबर र मोहम्मद उसमानले ४५ रनको साझेदारी गरेका थिए।

सोमपालले तेस्रो ओभरको पाँचौ बलमा आस्फाक अहमदलाई शून्य रनमा विकेट किपर बिनोद भण्डारीको हातबाट क्याच आउट गराए।

यस्तै करन केसीले पनि छैठौं ओभरको अन्तिम बलमा युएईका अर्का ओपनर चिराग सुरीलाई शून्य रनमै विकेट किपर बिनोद भण्डारीकै हातबाट क्याच आउट गराए।

यो सँगै २१ ओभरको समाप्तीमा युएई ३ विकेट गुमाउँदै ४७ रन बनाएर खेलिरहेको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!