पहिलो पटक आईसीसीको ओडीआई वरियतामा नेपाल

एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को ओडीआई वरियतामा नेपाल पहिलो पटक परेको छ । सोमबार यूएईलाई ४ विकेटले हराउँदै २-१ ले श्रृंखला जितेको नेपाल आईसीसीको ओडीआई वरियतामा १५ औं स्थानमा छ ।नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआई वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । नेपालले गत मार्चमा जिम्बाबेमा सम्पन्न एक दिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि ओडीआई मान्यता प्राप्त गरेको थियो ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!