रमितले गरे नयाँ चलचित्रमा सम्झौता

अभिनेता रमित ढुंगाना पछिल्लो समय चलचित्र नगरीबाट टाढा थिए । उनि आफैले निर्माण गरेको चलचित्र बुद्ध बर्न इन नेपाल पछि उनि अभिनयमा फर्किएका थिएनन् । तर करीब २ वर्षको अन्तराल पछि रमित पुन चलचित्रमा फर्कीएका छन् । उनले हालसालै एक चलचित्रमा लिखित सम्झौता समेत गरिसकेको बताइएको छ । उक्त चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्न लागेको बताइएको छ ।

चलचित्रको नाम भने फाइनल भइ नसकेको बुझिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको नाम तथा अन्य कलाकारहरु बारे जानकारी गराउने तयारी निर्माण युनिटले गरेको छ । उक्त चलचित्रबाट अभिनेता रमित ढुंगानाले १८ लाख रुपैया पारिश्रमिक बुझेको बताइएको छ । सरु राईले निर्माण गर्न लागेको चलचित्रको छायांकन चैत पहिलो साताबाट सुरु हुने बुझिएको छ ।

कमेडी र एक्सन दुबैलाई चलचित्रमा मसलाका रुपमा प्रयोग गरिने बताइएको छ । यो चलचित्र ‘किराँती ईन्टरटेनमेन्ट’ ब्यानरमा निर्माण हुन लागेको हो । यो चलचित्र पश्चात भने पुन आफ्नै चलचित्र निर्माणमा लाग्ने रमितको योजाना छ । यस पश्चात उनि‘पृथ्वीनारायण शाह’ नामक चलचित्र निर्माण गर्ने तायारीमा छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!