पत्ताालेमा पर्यटक बढ्यो

सल्लेरी, माघ १९ गते । सोलुखुम्बुको पत्तालेमा पर्यटकको आगमन बाक्लिएको छ । पर्यटकिय क्षेत्र खुम्बुमा पर्यटक पातलिएको बेला सोलुखुम्बुको पत्तालेमा पर्यटकको आगमन बढेको हो । सगरमाथा लगायत सयौ हिमालहरुको अवलोकण गर्न सकिने जिल्ला कै होचो र सस्तो गन्तव्य मानिने पत्तालेमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन बढेको पत्तालेका होटल व्यवशायी विनु मगरले बताउनु भयो ।
चिसोको सिजन भएकोले हिमपात बढेसँगै गाडीका गाडी आन्तरिक पर्यटकहरु आउन थालेको अर्का व्यवशायी कुमार मगरले बताउनु भयो । सडक व्यवस्थित भईसकेकोले सिधै गाडीमा आउने पर्यटक धेरै भएको होटल व्यवशायीहरु बताउछन् । सोलुखुम्बुको पत्ताले पुगेपछि सगरमाथा, नुम्बुर, लोत्से, नुप्चे लगायतका सयौ हिमालहरुको अवलोकणसँगै हिउसँग पनि खेल्न पाईने भएकोले पत्तालेको भ्रमणमा आएको ओखलढुङ्गा देव कुमार दाहालले बताउनुभयो‘घुम्नका लागि २० जनाको टिम बनाएर एउटा गाडीमा आएका छौ । रमाईलो ठाउ रहेछ । दिनभर हिउसँगै खेल्दै हिमालको अवलोकण गरेर बेलुका फर्किने तयारीमा लागेका छौ ।’
त्यस्तै पत्तालेमा उदयपुरबाट पनि हिमालको अवलोकण गर्न तथा भ्रमणमा आएका टिमलाई भेटियो । उदयपुरका अविशा राईका अनुसार हामी तल्लो क्षेत्रका लागि हिमाल हेर्न सबैभन्दा नजिकको गन्तव्य भएकोले सस्तो र सहज रुपआ आाउने गरेका छन् । राईका अनुसार पत्ताले सुन्दर गन्तव्य भएको जति आएपनि आउँ आउँ लाग्ने ठाउँ भएकोले आफु दोस्रो पटक पत्ताले आएको बताउनु भयो ।
पत्तालेमा पर्यटकको आगकन बढेसँगै कारोबार पनि बढेको होटल व्यवशायीहरु बताउछन् । सोलुखुम्बुको पत्ताले डाडाँ, पत्ताले बजार, दाप लगायतका घुम्ने गन्तव्य रहेकोले एकदिन पुरै पर्यटकको पत्तााले आसपास वित्ने गरेको छ । पत्तालेमा पर्यटकको आगमनलाई थप गर्नको लागि प्रचार प्रसार र पत्ताले क्षेत्रमा होटल थप गर्न आवश्यक रहेको स्थानीयहरु बताउछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!