पार्टी एकताका थाती कामबारे छलफल सुरु हुदै

२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाले सोमबार बिहान १० बजेका लागि बैठक डाकेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, भेनेजुएला प्रकरण र पार्टी एकताको थाती कामबारे छलफल हुने नेकपा अध्यक्ष ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

पार्टी एकताका विषयमा बाँकी विषय टुंग्याउनका ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पारिरहेको छ । गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।

Recommended For You

1 Comment

  1. मलाइ यो फोटोको कपि पोस्ट गर्दिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!