मेलीकाली विश्व अभियानमा सोलुखुम्बुको क्याम्पस

सल्लेरी, माध २३ गते । नेपाललाई विश्वमा चिनाउने उदेश्यले सोलुखुम्बु बहुमखी क्याम्पस सल्लेरी सोलुखुम्बुले मेची काली विश्व अभियान सञ्चालन गर्ने भएको छ । क्याम्पस स्थापना भएको २५ वर्ष पुगेको अवसरमा मेचीकाली विश्व अभियान गर्न लागेको हो ।
उक्त अभियानको फागुन ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । पञ्चबर्षिय योजना अन्तरगत मेचीकाली अभियान मार्फत १ अर्ब रकम संकलन गर्ने उदेश्य रहेको क्याम्पस प्रमुख उद्धब कुमार शर्माले जानकारी दिनुभयो । अभियानबाट संकलित १ अरब रुपैँया १२ प्रतिशत भन्दा बढी व्याज दिने बैंकमा अक्षय कोषको रुपमा जम्मा गरि व्याजबाट प्राप्त व्याजबाट ५ सय जान विद्यार्थिलाई खान बस्नको व्यवस्था सहित निःशुल्क शिक्षा प्रदान गरिने योजना क्यम्पसको रहेको बताईएको छ ।
मेचीकाली अभियानले २५ कोठाको भवन बनाउने, प्रत्येक जिल्लाका एक जना छात्र र छात्रा सहित अन्य २५ राष्ट्रका विद्यार्थीलाई क्याम्पसमा अध्यापन गराईने योजना रहेको छ । गरिब भएकै कारण माथिल्लो शिक्षाबाट कोहीपनि बञ्चित हुननपरोस भन्ने हेतुले सोलुखुम्बुलाई शिक्षाको हबको रुपमा बिकास गर्न मेचीकाली अभियान सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख शर्माले बताउनुभयो । ५ बर्षे अभियान मार्फत ५ लाख नागरिक ५ हजार सरकारी तथा गैह्रसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराई बढी जनसहभागीतामा सञ्चालित सामुदायिक क्याम्पसको हैसियतमा गिनिज बुकमा सोलुखुम्बु बहुमुखी क्याम्पसको नाम दर्ता गराउने उदेश्य रहेको क्याम्पस प्रमुख शर्माको भनाई छ ।
हरेक नागरिकले गरेको सहयोगलाई तत्काल क्याम्पसको वेबसाईटमा राखिने क्याम्पस प्रशासनले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!