१२ अंकले घट्यो नेप्से, २३ करोडको कारोबार

२७ माघ/काठमाडौं, साताको पहिलो दिन पुँजी बजार मापक नेप्से परिसूचक १२ अंकले घटेको छ । सो दिन २३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार साताको पहिलो दिन १६० कम्पनीका ७ लाख ८२ हजार कित्ताभन्दा बढी शेयरको कारोबार भएको छ ।

नेप्सेका अनुसार बैंकिङ समुहको सूचक ६.७२ अंकले, विकास बैंक समुहको सूचक १४.६५ अंकले, जलविद्युत समुहको सूचक २६.१८ अंकले र फाइनान्स कम्पनी समुहको सूचक ५.७२ अंकले घटेका छन् ।

यस्तै निर्जीबन बीमा समुहको सूचक ११० अंकले, उत्पाद समुहको सूचक ५.३५ अंकले, अन्य समुहको सूचक ५.७३ अंकले, लघुवित्त कम्पनी समुहको सूचक १५.७१ अंकले र जीबन बीमा समुहको सूचक १६०.२६ अंकले घटेका छन् ।

घटेको बजारमा पनि विजय लघुवित्त, सोल्टी होटल, भार्गव विकास बैंक, कालिका लघुवित्त र राइर्याङ जविद्युत कम्पनीका लगानीकर्ताले १ प्रतिशतभन्दा केही बढी कमाएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!