शिक्षा नियमावलीको क्षेत्र भन्दा १२ प्रतिशत बढिलाई छात्रबृति

सल्लेरी, माघ २८ गते । सोलुखुम्बुको सल्लेरी स्थित ह्रवाईट हिल्स ईग्लिस स्कुलले रजत जयन्तीको अवशर पारेर छात्रवतिमा अध्ययन गर्न पाउने विद्यार्थीको संख्या २२ प्रतिशत पु¥याएको छ । २५ वर्ष पुगेको अवसरमा स्कुलले जिल्लाका २५ जना अनाथ तथा भुकम्पबाट पिडित बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेसँगै २२ प्रतिशत पुगेको हो ।
शिक्षा नियमावली २०५९ को नियम १५० अनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाई तोकिएको सामुदाय(गरिव, अपाङ्ग, दलित, आदिवासी जनजाती) आदिलाई छात्रबृति दिने भनि उल्लेख गरिएपनि नियममा उल्लेख गरिएभन्दा १२ प्रतिशतलाई छात्रवृति दिन थालिएको विद्यालयले जनाएको छ ।
२०५० सालमा स्थापना भएको बोर्डिङ स्कुलका प्रधानाध्यपक सन्तोष सुब्बा भन्नुहुन्छ–‘अनाथ तथा भुकम्प पिडित बालबालिका पनि शिक्षा आर्जनको अधिकारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले अनाथ र जेहेन्दार ५० विद्यार्थीलाई निःशुल्क पढाउने योजना अघि सारेको हौ । अविभावकले स्कुललाई गरेको विश्वासले हामी खुसी छौ ।’ यस वर्ष २५ जना भुकम्प पिडित थप गरिएको छ भने बाँकी निरन्तरता दिने योजना छ ।
कक्षा ३ बाट शुरु गरेको बोर्डिङ स्कुलले अहिले कक्षा १२ सम्म गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको छ । २०६६ मा योगेश निरौलाले जिल्ला टप गरेका थिए भने २०६८ मा अनुपमा घिमिरेले जिल्ला टप गरेकी थिईन् । ग्रेडिङ प्रणाली शुरु भएपछि २०७२ सालमा ल्हाक्पातेन्जी तामाङले पनि जिल्ला टप गरेका छन् । उक्त विदालयमा २२ जना शिक्षकहरु कार्यारत रहेका छन् भने ८ जना भारतका मात्र छन् ।
देशी÷विदेशी शिक्षक शिक्षिकाबाट अध्यापन गराईले ह्रवाईट हिल्समा अहिले ५४० विद्यार्थी अध्ययनरत छन् । ती मध्ये २२ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराईएको छ । विभिन्न मूलुकका सहयोग संस्था र व्यक्तिसंग हातेमालो गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्कुलले छात्रवृत्ति उपलब्ध गराउदै आएको प्रधानाध्यपक सुब्बाले बताउनुभयो–‘हाम्रो स्कुलबाट पासआउट भएका विद्यार्थी डाक्टर, ईन्जिनियर, पत्रकार, व्यवसायी बनेका छन् । दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य पुरा भईरहेको छ ।’
त्यस्तै शिक्षण सिकाई क्रियाकलापलाई गणस्तरिय बनाउनका लागि श्रव्यदृष्यको माध्यमबाट सिकाउन लागिएको विद्यालय व्यवस्थापनले जनाएको छ । अविभावक गुमाएका अनाथ तथा भुकम्प पिडित बालबालिका विद्यालयको सम्र्पकमा आए रेकर्ड राख्ने काम गर्ने व्यक्तस्थापन समितिका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो–‘बाबाआमा नभएका बालबालिकालाई शिक्षादिक्षा हामीले दिन्छौ । त्यसका लागि आफन्त या पालनपोषण गर्दै आएका परिबारले विद्यालयको सम्पर्क ल्याईदिएर सहयोग गरिदिनुहुनेछ भन्ने आशा छ ।’
जेहेन्दार विद्यार्थीको हकमा भने कक्षा ५ पास गरेका मध्येबाट प्रतिस्प्रर्धाको माध्यमबाट २५ विद्यार्थी छनौट गर्ने बोर्डिङको तयारी छ । उनीहरुलाई लागि शिक्षा, खान, बस्न र औषधि उपचारसम्मको निःशुल्क सेवा उपलब्ध गराईनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!