सोलुमा बनेको घरेलु सिँचाइ प्रविधीः नेपालभर प्रभावकारी हुने-बनाउने तरिकासहित

सोेलुखुम्बु, माघ २८ गते । एक जना कृषकले फोहोर पुनःप्रयोग गर्न र सिँचाइ गर्न भन्दै सिर्जना गरेको प्रविधी प्रभावकारी बन्दै गइरहेको छ । महाकुलुङ १ सोलुखुम्बुका हर्कध्वज राईले विगत दुई दशकयताा व्यवशायीक रुपमा कृषि उपज तथा नर्सरी उत्पादन गर्दै हुनुहुन्छ । उहाँले उत्पादन गर्नु भएको क्षेत्रमा पानीको अभाव हुने तथा धेरै क्षेत्रमा कृषि उत्पादन भईरहेकोले समयमा सिँचाई गर्न नपाएपछि उहाँले घरेलु प्रविधीबाट सिँचाई सुरु गर्नु भएको छ । उहाँले थालनी गर्नु भएको सिँचाई अहिले महाकुलुङ र सोताङ गाउँपालिकाभरी विस्तार भईरहेको छ ।
कृषक हर्कध्वज राईले पेप्सी, कोकाकोला, ड्युजस्ता पेय पदार्थका बोतलको पुनःप्रयोग गरि बनाईएको सिचाँई प्रविधी प्रभावकारी हुने तथा थोपा सिचाँई र मल्चिङ प्रविधीको काम गर्ने भएको निकै प्रभावकारी हुने हर्कध्वजराईले बताउनु भयो । उहाँको कृषि फार्मको अवलोकणमा आएका कृषकहरुले उक्त घरेलु प्रविधीको सिको गरेकाले सोताङ र महाकुलुङमा धेरै जसोको फार्म तथा बारीमा विस्तार भईरहेको हो । महाकुलुङ ४ का कृषक उषा किराँतीका अनुसार पेय पदार्थको बोतलको पुनः प्रयोगले वातावरण संरक्षणमा टेवा पुगेको छ भने थोपा सिचाँई र मल्चिङ प्रविधी दुवैको काम गर्ने भएकोले सहज भईरहेकोल आफुले पनि प्रयोग सुरु गरेको बताउनु भयो ।
त्यस्तै महाकुलुङ ५ का कृषक अविन्द कुमार राईका अनुसार त्यस क्षेत्रक कृषकहरुको एक ठाउँमा जग्गाा नभएकोले कृषकले धेरै ठाउँमा कृषि उपज लगाउनुपर्ने तथा उत्पादन गर्नुपर्ने भएकोले आफु समयमा सिचाँई गर्न नपुग्ने जग्गाको लागि निकै प्रभावकारी हुने बताउनु भयो । राईका अनुसार घरेलु प्रविधी तथा पेय पदार्थको पुनःप्रयोगबाट बनाईएको सिचाँईको कामले समयको बचत हुने तथा खेर गएका बोतलको पुनः प्रयोग हुने भएकोले सहज भएको बताउनुभयो ।
कसरी बनाईन्छ ?
पेय पदार्थ खाईसकेपछि सबैले बोतल फाल्ने गर्छाै । तर हर्कध्वज राईले भने भेला पारेर कृषि सिँचाईमा प्रयोग गर्नुहुन्छ भने अरुले पनि सिको गर्न थालेका छन् ।
खाईसकिएको पेय पदार्थको खोल फेद वा तल्लो भागमा सानो पिनले प्वाल पार्ने । त्यस बोतलभरी पानी हालेर विर्को मजाले लगाउनु पर्छ । उक्त बोतलको पानी विर्काे लगाएपछि माटोले सोस्न सकेको मात्रामा मात्र झर्ने गरेकोले लामो समयसम्म पानी रहने कृषक हर्कध्वज राईले बताउनु भयो । तयार भएको पानी सहितको बोतल विरुवाको फेद फेदमा राखिदिदा दुईहप्तासम्म पानी विरुवाले पाईरहने हर्कध्वज राईले बताउनु भयो । बोतलको विर्काे नलाउदा पानी छिटो माटोमा झर्ने गरेकोले अनिवार्य विर्काे लगाउनु पर्छ । लामो समयसम्म थोपा सिँचाई र मल्चिङको काम गर्न विर्काे लगाउनु अनिवार्य हो ।

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!