महिला फूटबलमा नेपालको ऐतिहासिक जित

भारतको उडिसामा भइरहेको हिरो गोल्डकप महिला फुटबल प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । नेपाली महिला फुटबल टोलीले भारतलाई घरेलु मैदानमै २–१ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो ।

नेपालको जितमा दुईवटै गोल सावित्रा भण्डारीले गरेकी हुन् । महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो अवसर हो ।

खेलको सुरुवाती ७ मिनेटमा नै सावित्राले २ गोल गरेकी थिइन । खेलको पाँचौ मिनेटमा नै हिराकुमारी भुजेलको लामो पासमा सावित्राले पहिलो गोल गरेकी थिइन् । त्यसको २ मिनेट पनि वित्न नपाउदै पुनः सावित्राले अर्को गोल थपेर नेपालको अग्रता २–० पारिन् ।

दोस्रो गोल विपक्षी गोलकीपरले राम्ररी बल नियन्त्रण गर्न नसकेको फाइदा उठाउदै विपक्षीको गोलपोष्टमा बलले जाली चुमाइन् ।

पहिलो हाफ २–० ले पछि रहेको भारतका लागि ८४ औँ मिनेटमा रतनबाला देवीले १ गोल फर्काइन ।

त्यसपछि प्रतियोगितामा थप गोल हुन सकेन र नेपालले नतिजा २–१ ले आफ्नो पक्षमा पा¥यो ।

इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्काे महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!