विराटनगरविरुद्ध रुपन्देहीको सहज जित

माघ २९/धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो विराटनगर किंग्सविरुद्ध भएको खेलमा ५ विकेटको विजय निकाल्दै दोस्रो जित हात पारेको हो ।

विराटनगर किंग्सले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ९५ रन पुरा गर्दै भेट्टाएको थियो। भीम सार्की १२ र कप्तान बसन्त रेग्मी ८ रनमा अविजित रहे। टोलीलाई विजय बनाउँदा पुनित मेहराले २७ बलमा ४६ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।

बाबर हायतले १७ रन जोडे। प्रदीप ऐरी २, सन्दीप सुनार शुन्य र विनोद भण्डारी ७ रनमा आउट भए। बलिङतर्फ विराटनगरका किंग्सका अविनाश यादवले २ तथा करण केसी, सुशन भारी र सम्साद शेखले १/ १ विकेट लिए।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!