सुपर कम्प्युटरले काम पाएन

काठमाडाै, १ फागुन-छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो। मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो बेकामे बनेको छ। अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ।’

स्विट्जरल्यान्डको जेनेभामा रहेको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्स ले यो कम्प्युटर नेपाल सरकारलाई उपहारका रुपमा प्रदान गरेको हो। सर्वसाधारणले बुझ्ने भाषामा सुपर कम्प्युटर भनिए पनि यसलाई ‘हाइ परफरमेन्स कम्प्युटिङ’ (एचपिसी) भनिन्छ। यसलाई अहिले काठमाडौं विश्वविद्यालय मातहत आइटी पार्कमा राखिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

त्यस्तै आज नागरिकले नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाइएको हो। यस्ता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘जसजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरूलाई सुरक्षा थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो। अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका र यो क्रम जारी रहने समाचार छापेको छ ।

आज नागरिकमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन्। राष्ट्र बैंकको विराटनगर कार्यालयले मंगलबार आयोजना गरेको कार्यशालामा सिवाकोटीले ब्याजदर घटाउनुपर्ने उद्योगीको मागप्रति राष्ट्र बैंक सकारात्मक रहेको बताएको समाचार पनि छापेको छ ।

आज नागरिकले नेपाल आयल निगममा पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर तारेखमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा दुई करोड पचास लाख धरौटी बुझाएर छुटेका हुन्। अख्तियारले उनको १८ करोड ६६ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको समाचार पनि छापेको छ ।

आज नागरिकले श्रम सम्भावना शीर्षकमा सम्पादकीय लेखेको छ भने सत्तासीन दलभित्र सुनामी शीर्षकमा पुरुषोत्तम दाहालको लेखलाई विचार पृष्ठमा स्थान दिएको छ । त्यस्तै आज नागरिकले मार्सी चालम पुँजीवाद (माचापु) शीर्षकमा राप्रपा प्रजातान्त्रिकका नेता डा. प्रकाशचन्द्र लोहनीको लेखलाई पनि स्थान दिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!