नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने

फागुन २/काठमाण्डाै – नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने भएको छ । चैत्रको २२ गतेबाट हुने प्रतियोगितामा ५ वटा टिमको सहभागिता हुनेछ ।

काठमाडौंमा हुने प्रतियोगितामा विभिन्न ५ वटा शहरका नामबाट टिम तयार पारिनेछ । प्रतियोगिताको विजेता र अन्य विस्तृत जानकारी भने अर्को कार्यक्रममा गर्ने क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताउनुभयाे ।

चैत्र ३० गतेसम्म हुने प्रतियोगिताको आयोजना क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले गर्न लागेको हो । यसअघि पुरुष क्रिकेटको पोखरा प्रिमियर लिगको आयोजना गरेको यो संस्थाले नेपाली क्रिकेटको विकासमा सहयोग पुगोस भनेर महिला क्रिकेट प्रतियागिता गर्न लागेको बताएकाे ।

प्रतियोगितामा खेलाडीको सूची तयार पारेर ड्राफ्ट र अक्सन दुवैमा जानसक्ने आयोजकले बताएकाे छ ।  पहिलो संस्करण भएकाले प्रायोजक खोज्न निकै कठिन हुने र आईसीसीबाट स्वीकृति लिन २० लाख रुपैयाँ तिर्दा कठिन हुने भएकाले विदेशी खेलाडी नखेलाउने निर्णय गरेकाे लामाले बताउनुभयाे ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!