हिरो गोल्डकप: नेपाल उपविजेता

शुक्रबार, फाल्गुन ३/काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतमा जारी हिरो गोल्डकपको उपविजेतामा समिति भएको छ । शुक्रबार भएको फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको थियो । म्यानमारका लागि यी यी ओले गोल गरेकी थिइन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाटआएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरिन् ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले बराबरी गोल फर्काइन । गीता रानाको फ्रिकिकमा मन्जलीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा नेपाललाई दबाबमा राखेपनि बराबरी खेलेको म्यानमारले दोस्रो हाफमा पनि दबाब कायम राख्यो । ५३ औं मिनेटमा म्यानमारका लागि विन थेंगी तुनले गोल गर्दै म्यानमारलाई पुन: अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रभित्र चलाखीपूर्ण टर्न गर्दै डिफेन्स र गोलरक्षकलाई बिट गर्दै गोल गरिन् । म्यानमारले खेलको ६३ औं मिनेटमा अग्रता दोब्बर पार्यो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!