मेची–काली विश्व अभियानको पहिलो दिन डेढ करोड सँकलन

सल्लेरी, फागुन ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदाय साहसको पर्याय भएको बताउनुभयो । सोलुखुम्बु बहुमुखिी क्याम्पसको रजत महोत्सवको अवसरमा ‘मेची–काली विश्व अभियानको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई विश्व माझ परिचित गराउन शेर्पा समुदायले दिएको योगदानको प्रशंसा गर्दै पर्यटकीय शिक्षा प्रर्वद्धन आजको आवश्यक रहेको बताउनुभयो ।

क्याम्पसले गरिब विद्यार्थीलाई व्यवसायीक शिक्षाको पहूँचमा समाबेश गर्ने द्येयले शुरु गरिएको विश्व अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । हिमाली सांस्कृतिक विविधता नै अमुल्य निधि भएकाले जर्गेना आवश्यक रहेको उहाँको भनाई थियो ।
शुभारम्भ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँले आवश्यक पुर्वाधार तयार भए ट्राभल, टुरिजम र माउन्टेनिरिङ कोर्ष अध्ययापन अनुमति दिन समस्या नभएको बताउनुभयो । हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले अभियान सफल पार्नका लागि आफूहरु स्व–परिचालित हुने बताएका छन् ।
क्याम्पसले शुरु गरेको मेची–काली विश्व अभियान शुरु गरेकै दिन करिब डेढ करोड सँकलन भएको छ । सबैभन्दा बढि सोलुदुधकुण्ड नगरपालिकाले एक करोड रुपैयाँ क्याम्पसको अक्षय कोषमा जम्मा गर्ने भएको छ । मेयर नाम्गेलजाङबु शेर्पाले सहयोग रकम घोषणा गर्दै नमूना क्याम्पसको रुपमा अघि बढाउन नगरपालिकाले उक्त रकम सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै राष्ट्रपतिलाई लिएर काठमाडौं उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थल मै फर्किएको छ ।
सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोहमा सहभागी भएर राजधानी फर्केको हेलिकप्टर मौसम खराबीका कारण फाप्लु फर्किएको हो । रजतजयन्ती समारोहलाई सम्बोधन गरी उहाँ सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंका लागि जानुभएको थियो । तर खराब मौसमका कारण १५ मिनेटमै हेलिकोप्टर फाप्लु विमानस्थल फर्किएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुयभयो । घिमिरेका अनुसार हेलिकोप्टर सेनाको गुल्ममा छ भने राष्ट्रपति विमानस्थल नजिकैको होटलमा बास बस्नु भएको प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले बताउनुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!