सोलुमा ज्यान गुमाउने सुत्केरीको सँख्या धेरै

सोलुखुम्बु, फागुन १२ गते । सोलुखुम्बुका प्रशव ब्याथाभन्दा बढि सुत्केरीपछिको रत्तस्रावका कारण धेरै मर्ने गरेको तथ्याङ्क रहेको छ । गत दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार औसतमा अन्य जिल्लाको तुलनामा बढी सुत्केरी आमाहरुले सोलुखुम्बुमा अकालमा ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष ०७३÷७४ मा ६ जना सुत्केरी आमाहरुको मृत्यु भयो । जुन प्रतिलाख बच्चा जन्माउने आमाहरुको संख्यासँग तुलना गर्ने हो २ सय ५८ हुन आउँछ । त्यसैगरि आर्थिक वर्ष ०७४÷७५ मा प्रति लाख २ सय ५६ अर्थात ६ जनाले नै ज्यान गुमाएका छन् । १ लाख बच्चा जन्मिदा कति मातृ मृत्युदर कति भए भन्ने आधारमा प्रतिलाखको हिसाब गरिने स्वास्थ्य इकाई कार्यालय सोलुखुम्बु जनस्वास्थ्य अधिकृत पवन लामाले बताउनुभयो–‘अधिकांश आमाहरु बच्चा जन्मिसकेपछि हुने अत्यधिक रक्तस्रावका कारणले मर्ने गरेको पाइएको छ ।’ यहाँले थप्नुभयो ‘जनचेतनाको कमीले घरमै सुत्केरी गराउने र नजिकमा आवश्यक सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनुले गर्दा यसरी अकालमा आमाहरु मरेका हुन् ।’ चालु आर्थिक् वर्षमामा भने कुनै पनि आमाले ज्यान नगुमाएको बताउनुभयो ।
जिल्लामा भएको बर्थिङ सेन्टरहरु भूगोलको दृष्टिले पर्याप्त छैन । जिल्लामा १७ वटामात्र बर्थिङ सेन्टर छन् । शल्यक्रिया गरेर बच्चा जन्माउने सुविधा सदरमुकाम फाप्लुमा रहेको जिल्ला अस्पतालमा मात्र छ । अधिकांश सुत्केरी व्यथाले जटिल अवस्थामा पुगेका बिरामीहरुलाई आर्थिक अवस्था सक्षम भएकाले हेलिकप्टर मार्फत राजधानी वा ओखलढुङ्गा लगेर उपचार गर्ने गर्छन् ।
चालु आवमा मात्रै सोताङ गाउँपालिकाबाट दुईजना सुत्केरी व्यथा लागेका आमाहरुलाई हेलिकप्टर मार्फत राजधानी लगेर सुत्केरी र बच्चाको ज्यान बचाए । जिल्ला स्वास्थ्य कार्यालय रहने कि स्वास्थ्य इकाई रहने भन्ने विषय केन्द्रमै टुंगो नलाग्दा समस्या भएको प्रमुख लामाले बताउनुभयो ।
दुईवर्ष अघिको सरकारी तथ्याङ्क अनुसार देशकै औसत मातृ मृत्युदर प्रतिलाख २ सय ३९ रहेको छ । तर सोही तथ्यांकसँग तुलना गर्ने हो भने पनि सोलुखुम्बुमा गतवर्षहरुमा देश कै औसत दर भन्दा बढी आमाहरुले ज्यान गुमाएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!