पीएसएल : इस्लामाबाद युनाइटेडले लाहोर कलन्दर्सलाई ४९ रनले हरायो

पाकिस्तानी सुपर लिग(पीएसएल) अन्तर्गत शनिबार भएको खेलमा इस्लामाबादले युनाइटेडलाई ४९ रनले हराएको छ ।

लाहोरसँगको खेलमा  पहिला ब्याटिङ गरको इस्लामाबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनायो ।

इस्लामाबादका लागि केमरन डेलपोर्टले विस्फोट ब्याटिङ गर्दै ११७ रनको योगदान दिए । उनले ६० बलमा १३ चौका र ६ छक्काको सहयोगले यो योगफल बनाएका हुन् । त्यस्तै पीएसएलमा सबैभन्दा छिटो १७ बलमा अर्धशतक प्रहार गरेका असिफ अलीले २१ बलमा ५१ रनको योगदान दिए । त्यस्तै चाड्विक वाल्टनले ३० बलमा ४८ रन बनाए ।

लाहोर कलन्दर्सका सबै बलरमाथि इस्लामाबादका ब्याट्सम्यान हावी भए । लाहोरका लागि साहीन अफ्रिदीले ४ ओभर बलिङ गर्दै एक विकेट लिएर ६२ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ४६ रन खर्चिएर एक विकेट लिए । डेभिड विसेले ४ ओभरमा ४४ रन खर्चिँदै एक विकेट लिए ।

२३९ रनको विशाल लक्ष्य पाएको लाहोर कलन्दर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन मात्र बनायो ।

लाहोरका लागि सोहेल अख्तरले विस्फोटक पारि खेले पनि टिमलाई जिताउन सकेनन् । उनले मात्रै ३४ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७५ रन बनाए । त्यस्तै कप्तान फखर जमानले ३८ रन बनाए । इस्लामाबाद युनाइटेडका लागि फहीम अश्रफले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । उनले ४ ओभरमा मात्रै १९ रन खर्चिँदै ६ विकेट लिएका हुन् । त्यस्तै सदाब खान र रमान रइसले एक-एक विकेट लिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!