छक्कापञ्‍जा २ फेरी हलमा

छक्कापञ्जा सिरिज २ पुनः प्रदर्शन हुने भएको छ । निर्माता दीपकराज गिरीले आफ्नो फेसबुकमा पोस्ट गर्दै आगामी वैशाख १३ गते पुनः प्रसारण  गर्ने जानकारी गराएका छन् ।

दर्शकहरूको चाहनालाई मध्यनजर गर्दै पुनः फिल्म प्रदर्शन गर्न लागेको गिरीको भनाइ छ । विदेशमा पनि वैशाख महिना भित्रैमा प्रदर्शन गर्ने फिल्म युनिटको भनाइ छ ।

गत वर्षको दसैंमा रिलिज भएको उक्त फिल्मले उत्कृष्ट व्यापार गरेको थियो । उक्त फिल्मको सफलतापछि धेरै दर्शकले उक्त फिल्म युट्युबमा आउने आशासहित प्रतीक्षारत थिए । तर युट्युबमा फिल्मको प्रतीक्षामा बसेका दर्शकलाई सरप्राइज दिँदै गिरीले हलमै पुनः प्रदर्शन गर्ने जानकारी दिए ।

केही महिनाअघि युट्युबमा कहिले रिलिज हुन्छ भन्ने प्रश्न गर्दा उनको जवाफ छठपछि युटुवमा आउने संकेत देखाएका  थिए । तर अव फेरी हलमा जाने भएको हो ।

गत वर्षको असोज ११ गते रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ ले ‘रेकर्डतोड’ व्यापार गरेको थियो । निर्माता दीपकराज गिरीका अनुसार दुई दिनमै तीन करोड व्यपार गरेको उक्त चलचित्रले प्रदर्शनको १० दिनमा सर्वाधिक व्यापार (१० करोड) गरेको कोहिनूरलाई उछिनेको थियो ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बूढा’ बुद्धि तामाङ, गौरव पहारी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!