कुवेतसंग नेपालको बराबरी

काठमाडौं : पहिलो मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसंग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको हो ।

अल साहबब मैदानमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

डेब्यु खेलाडी अजित भण्डारीले बिपक्षि खेलाडीलाई डिबक्सभित्र गरेपछि पाएको पेनाल्टीमा कप्तान मुतवाले गोल गर्न सकेनन् । उनको प्रहार आकाशिएको थियो ।

यस्तै कुवेतलाई बराबरीमा रोक्न गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतले पटक पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरे ।

नेपालले पनि खेलमा केहि गोल गर्ने अवसर पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् ।

कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए । अजितसंगै बिमल राना,सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानले नेपाली टोलीमा डेब्यु गरेका हुन् ।

दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खेल्नेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!