आईपिएल: चेन्नई सुपर किंग्स ७ विकेटले विजयी

काठमाडौं : आईपिएलकाे उद्घाटन खेलमा चेन्नई सुपर किंग्स ७ विकेटले विजय भचएको छ । रोयल च्यालेन्जर्स बेंगलोरले दिएको ७१ रनकाे लक्ष्य चेन्नईले तीन विकेटको क्षतिमा १४ बल बाँकी रहदा पुरा गरेकाे हो ।

चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे ।

यस्तै सुरेश रैनाले १९ रन जोडे । योसंगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

चेन्नईका शेन वाट्सन भने सुन्य रनमा आउट भए । बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।

बैंगलोरका कप्तान विराट कोहली ६ रनमा आउट हुँदा मोइन अली र एबी डी भिलियर्सले समान ९/९ रन जोडे । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए ।

जितसंगै चेन्नईले पहिलो खेलमै ३ अंक जोडेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!