लेक लागेर मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुको थुक्लामा लेक लागेर एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका १ का जयराम कुलुङको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख सालिग्राम शर्माले बताए ।
खुम्बुपासाङल्हामु गाउँपालिका ४ थुक्लामा अमर बहादुर राईको होटलमा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । पर्यटक भरियाको रूपमा नाम्चेबाट सगरमाथा आधारशिविर जानेक्रममा मृत्यु भएको प्रहरी प्रमुख शर्माले बताए ।
हिमपात भएको कारण शवको उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नावय उपरिक्षक सालिग्राम शर्माले जानकारी दिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!