नेपाली क्रिकेटका सात ७ वर्ल्ड रेकर्ड

नेपाली क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भने १९९६ को एसीसी ट्रफी थियो । त्यसयता नेपाली क्रिकेटले विभिन्न प्रतियोगितामा सहभागिता जनाएको छ । जसमा नेपाली क्रिकेटले ७ वटा विश्व रेकर्ड बनाएको छ ।

मेहबुब आलमको १० विकेट
नेपालका मेहबुब आलमले आईसीसी मान्यता प्राप्त अन्तर्राष्ट्रिय क्रिकेटका सबै १० विकेट एक्लै लिएका छन् ।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सबै विकेट लिने एक मात्र खेलाडीका रूपमा मेहबुबको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।

सन् २००८ को आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ को जर्सीमा भएको खेलमा महबुबले माजाम्बिकविरुद्ध यो विश्व कीर्तिमान बनाएका थिए ।

एक ओभरमा ५ विकेट
नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीको नाममा एक ओभरमा सर्वाधिक विकेट लिने विश्व रेकर्ड छ ।

रुविनाले सिंगापुरविरुद्ध एकै ओभरमा ५ विकेट लिएकी थिइन् । २००९ मा मलेसियामा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा रुविनाले यो कीर्तिमान बनाएकी हुन् ।

शक्तिको किफायती बलिङ
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा किफायती बलिङ गर्ने विश्व रेकर्ड पनि नेपालका स्पिनर शक्ति गौचनकाे नाममा छ । गौचनले मलेसियाविरुद्ध यो कीर्तिमान कायम गरेका हुन् । शक्तिले खेलमा पुरै १० ओभर गर्दै आठ मेडनसहित २ रन दिएर ३ विकेट लिएका थिए ।

छिटो लक्ष्य
कुनै पनि खेलमा सबैभन्दा छिटो लक्ष्य पछ्याउने विश्व रेकर्ड पनि नेपालको नाममा छ । म्यानमारलाई १० रनमा अलआउट गरेर मात्र २ बलमा लक्ष्य भेट्टाउँदै नेपालले यो कीर्तिमान बनाएको हो ।

विश्वकपमा किफायती बलिङ
विश्वकप क्रिकेटमा सबैभन्दा किफायती बलिङ गर्ने रेकर्ड पनि नेपाली राहुल विश्वकर्माकाे नाममा छ । उनले अन्डर १९ विश्वकपमा पुपुवा न्युगिनीविरुद्ध खेल्दै ३ रन दिएर ६ विकेट लिएका थिए, ०.४७ औसतमा ।

अन्डर नाइन्टिन विश्वकपमा उपाधि
अन्डर नाइन्टिन विश्वकपमा प्लेट च्याम्पियनसिप जित्ने नेपाल एक मात्र एसोसिएट राष्ट्र हो । श्रीलंकामा भएको सन् २००६ को अन्डर १९ विश्वकपमा नेपालले टेस्ट राष्ट्र न्युजिल्यान्डलाई हराउँदै यो उपाधि जितेको हो ।

महिला ब्लाइन्ड टोली

नेपालले महिला ब्लाइन्ड क्रिकेट टिम भएको विश्वको पहिलो राष्ट्र भएर अर्को अनौठो कीर्तिमानसमेत राखेको छ । कुनै पनि टेस्ट राष्ट्रमा समेत महिला ब्लाइन्ड क्रिकेट टोली छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!