छोराले गरे बुवाको हत्या

रुकुम पूर्व – भुमे गाउँपालिका –७ गुनामका एक युवाले आफ्नै बुवाको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार, बिहीबार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको हो । हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!