मुलुक सामाजिक न्याय र समानतातर्फ : राष्ट्रपति

ओखलढुंगा– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलक सामाजिक न्याय र समानतामा आधारित समृद्धितर्फ अगाडि बढेको बताउनुभएको छ । स्वर्गीय युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको ध्यय मुलुकको समृद्धि भएको बताउनुभएको हो ।
अथाह प्राकृतिक र सांस्कृति वैभवले सम्पन्न ओखलढुंगाजस्ता पहाडी जिल्लाको विकासबाटै समृद्ध नेपाल निर्माण हुने राष्ट्रपतिको भनाइ छ । सांस्कृतिक, पर्यटकीय क्षेत्रको विकास, नदि प्रणाली सदुपयोग गरेर अथाह जलविद्युत आयोजनाहरु निर्माण गर्न सक्ने तर्फ प्रदेश सरकार र स्थानीय सरकार अघि बढ्न पनि राष्ट्रपतिले सुझाव दिनुभएको छ ।
मुलक अहिले समृद्धिको बाटोमा अग्रसर रहेको बताउँदै भण्डारीले प्रदेश सरकारले गुणस्तरीय प्राविधिक शिक्षामार्फत सक्षम जनशक्ति उत्पादन, उद्योगग्रामको विकास गरेर स्थानीय समुदायमा रोजगारी सृजना गर्न अग्रसर हुनु पर्नेमा जोड दिनुभयोसडक सञ्जालको विस्तार र सुदृढिकरण, खानेपानीको यथोचिथ वितरण, पहाडी जिल्लामा एकिकृत वस्ती विकास गरेर कम लगतैमा सेवा दिन सकेमा समृद्धिको नारा सार्थक हुने उहाँको भनाइ छ ।
शालिक अनावरण र नव निर्मित श्रष्टा पार्क उद्घाटनपछि भण्डारीले ओखलढुंगाको श्रष्टापार्कले साहित्यिक र सांस्कृतिक पर्यटन प्रबर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । ओखलढुंगालाई चिनाउने सिद्धिचरणको कविता प्रशंसा गर्दै भण्डारीले यगुकविका साहित्य सिर्जनाले प्रकृति र मातृभूमिप्रति अगाध माया र आस्था जगाउन प्रेरणा दिने भन्दै साहित्य सिर्जनाले युगबोध गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘समाजप्रतिको निष्ठा र राष्ट्रप्रतिको अगाध प्रेमले युगयुगसम्म नेपालीलाई असल कार्यमा जुट्न प्रेरित गरेको छ ।’
साहित्य सिर्जनाको माध्यमबाट योगदान पुर्याउने विभिन्न सर्जकहरुलाई सम्मान र पुरस्कृत गर्दै राष्ट्रपति भण्डारीले मुलुक सामाजिक न्याय र समानतामा आधारित समृद्धिको दिशातर्फ अग्रसर भएको अवस्थामा साहित्यकार, कलाकार तथा सर्जकहरुले आफ्ना सृजनामार्फत आम जनसमुदायमा आफ्नो भविश्यप्रति दृढ जगाउने सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिनुभएको छ ।
सिद्धिचरण नगरपालिका र युगकवि सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण तथा श्रष्टापार्क उद्घाटन कार्यक्रममा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसहित राष्ट्रपति भण्डारी विहीबार ओखलढुंगा आउनुभएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!