राहुल गान्धीले दिए नरेन्द्र मोदीलाई बधाई

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । राहुलले अमेठीमा हार स्वीकार्दै हारको जिम्मेवारी पनि आफैले लिएका छन् । ‘अमेठीका जनताले गरेको निर्णयलाई म स्वीकार्छु र अमेठीका जनताले देखेका भरोसालाई स्मृतिले जोगाएर राख्नेछिन् । यसमा मलाई विश्वास छ,’ राहुलले भने ।

राहुल भन्छन्, ‘अरु कसैले मलाई गाली गरे पनि म प्रेमपूर्वक बोल्नेछु । बीजेपी र कांग्रेसको लडाई विचारधाराको हो ।’ राहुलले आफ्ना कार्यकर्ता तथा उम्मेदवारहरुलाई धैयर्ता नगुमाउन पनि भनेका छन् ।

‘यो मोदी र बीजेपीको जित हो र म फेरि पनि बधाई दिन चाहन्छु’, राहुलले भने । सबै कांग्रेस विचारधाराका एक भएर आफ्नो गरिमा र प्रतिष्ठालाई जोगाएर राख्ने राहुलले विश्वास लिएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!