करोडौं भारतीय नक्कली नोटसहित पक्राउ

काठमाडाैं :प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौं भारतीय नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना पाकिस्तानी र तीन जना नेपाल नागरिक छन् ।

कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीनजना पाकिस्तानीबाट करोडौँको भारतीय जाली नोट प्रहरीले बरामद गरेको हो ।  अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका  नारायण रञ्जीतकारका अनुसार तीन वटा सुटकेसमा जाली नोट ल्याइएको भेटिएको छ।

पक्राउ पर्नेमा नेपाली नागरिक युनुस अन्सारी पनि छन् । उनी यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन् । अन्सारीमाथि केन्द्रीय कारागारमा रहँदा गोली प्रहार समेत भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!